काठमाडौं । कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ । रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका…