विभागीय प्रमुखलाई कार्यकक्षमै बोलाएर झोले एनजिओलाई दोस्रो किस्ता दिन मन्त्रीको दबाब

काठमाडौं फागुन, ५–समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन्। उनी परिषद्की अध्यक्ष पनि हुन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन…