काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन थप ढिलाइ हुने देखिएको छ । असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो । कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ ।…