अत्यावश्यक सेवामा पनि अवरोध

काठमाडौँ । त्रिवि शिक्षण अस्पतालको आईसीयूबाट केही दिनअघि मात्रै जनरल वार्डमा सारिएका बिरामीका एक कुरुवालाई प्रहरीले जोरपाटीबाट अस्पतालसम्म आउन दिएन । खाना बोकेर अस्पताल जान खोजेका उनलाई सडकमा खटिएको प्रहरीले रोकेपछि कोठामै फर्किए । कलंकीमा बिहीबार बिहान प्रहरीले पत्रपत्रिका वितरणमा केही समय अवरोध गर्‍यो । प्रशासनसँग तत्काल समन्वय गरेपछि मात्रै प्रहरीले पत्रपत्रिका वितरणमा गरिएको अवरोध खोल्यो । निषेधाज्ञाको पहिलो…