राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपिठ उग्रतारा भगवतीको दर्शन गर्नु भएको छ । सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले शुक्रवार डडेल्धुराको अमरगढी नगरपालिका– ८ मा रहेको प्रसिद्ध उग्रतारा भगवतीको मन्दिरको दर्शन गर्नु भएको हो । भ्रमणका क्रममा डडेल्धुरा पुग्नु भएका राष्ट्रपति भण्डारीले सुदुरपश्चिम प्रदेश देशकै दाईने हात र दाईने आँखा भएको बताउनु…