काठमाडौं। हिन्दु महिलाहरुले आज हरितालिका (तीज) पर्व, देशभरका शिवालयहरूमा भगवान् महादेवको पूजाआराधना गरी मनाइरहेका छन् । व्रत, पूजाआजा गरी उनीहरूले तिज मनाइरहेका हुन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा व्रत बसी शिव–पार्वतीको पूजा गरे सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। काठमाडौंको पशुपतिनाथ मन्दिरमा बिहानैदेखि तिर्थालु र व्रतालु महिलाहरूको…