पोखरामा जारी कोटिहोममा जेठ दोस्रो साता कथा वाचिका राधिका दासी आउने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवी भागवत कथा वाचिका तथा समाजसेवी राधिका दासी आउने भएकी छन् । ऐतिहासिक श्री गण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १४ गते देखि जेठ २२ गतेसम्म प्रवचन गर्न राधिका दासी आउने कार्यक्रम…