राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा अर्चना

काठमाडौं- नेपाली महिलाको महान् पर्व हरितालिका (तीज) का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्नुभएको छ । बेलुकी ५ बजे मन्दिर प्राङ्गण प्रवेश गर्नुभएका राष्ट्रपति भण्डारीले मन्दिरमा विधिपूर्वक पूजा एवं दर्शन गरिन् ।पूजा एवं दर्शनपछि उनलाई पशुपतिनाथका मूल भट्ट गणेश रावलले टीका तथा प्रसाद लगाइदिएका थिए । मन्दिर प्राङ्गणमा राष्ट्रपति भण्डारीलाई पशुपति…