ताप्लेजुङको पाथीभरामा करिब चार करोड भेटी संकलन

काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरमा गत आर्थिक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत आर्थिक वर्ष ०८०/८१ मा संकलन भएको भेटी रकम सर्वजनिक गरिएको हो। पाथीभरा क्षेत्र विकास समितिका निर्देशक प्रजिन हाम्बाङका अनुसार सो अवधिमा तीन करोड ९८ लाख ४१ हजार ९५८ रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष सुरुको श्रावण,…