आज नागपञ्चमी, काठमाडौंको नागपोखरिमा बिहानैबाट श्रद्दालुहरुको घुँइचो(फोटो फिचर)

काठमाडौं । आज श्रावण शुक्लपक्ष अर्थात नागपञ्चमी । आजका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अकिंत तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ । यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास…