मलेसियामा बढ्यो नेपाली कामदारको पारिश्रमिक

काठमाडौं । मलेसियामा रहेका नेपाली कामदारको न्युनतम पारिश्रमिक वृद्धि हुने भएको छ। क्वालालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार जनवरी १ देखि नेपालीसहित सबै मुलुकका कामदारको न्युनतम पारिश्रमिक १ हजार २०० रिंगेट पुगेको छ। यो भनेको आइतबारको सटही दरअनुसार ३३ हजार ४३२ रुपैयाँ हो। यसअघि स्थानीय मुद्राअनुसार प्रत्येक कामदारले मासिक न्युनतम एक हजार १०० रिंगेट पाउँदै आएका थिए।…