सभामुख निर्वाचन अन्योलमा, शीर्ष नेतृत्वमा सहमति जुटेन

काठमाडौं । सभामुख निर्वाचन मिति तय गर्ने गरी शुक्रबार प्रतिनिधिसभा बैठक बस्न लागे पनि उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा नदिएका कारण अन्योल बढेको छ। उनले बिहीबारसम्म राजीनामा नदिएका कारण सभामुख निर्वाचन मितिसमेत धकेलिने सम्भावना उत्तिकै छ। एकातिर सभामुख कसलाई बनाउने भन्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेतृत्वमा सहमति जुटिसकेको छैन भने अर्कोतिर उपसभामुख तुम्बाहाम्फेले समेत…