प्रहरीबाट नै विद्युतीय कारोबार ऐनको दुरुपयोग

काठमाडौं जेठ, ३१– डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ । ‘वीर विक्रिम २’ नामक फिल्मबारे व्यंग्यात्मक र आलोचनात्मक समीक्षा गरेको भन्दै प्रहरीले हास्यकलाकार प्रनिश गौतमलाई सात दिनदेखि…