काठमाडौं । सरकारले लकडाउनलाई खुकुलो बनाउनुपर्ने आवाज नागरिक स्ततरबाट उठ्न थालेको छ । लकडाउनलाई एक महिनासम्म पूर्ण समर्थन गरेका नागरिकले लामो अवधिका कारण निसासिएको अनुभूति गर्दै यसलाई केही खुकुलो बनाउनुपर्ने माग गरेका हुन् । सरुवा रोगसम्बन्धी अनुसन्धान गर्दै आइरहेका चिकित्सक डा. रमेश आचार्यले विभिन्न उपाय अपनाएर लकडाउन केही खुकुलो बनाउन सकिने सुझाव सरकारलाई दिएका छन्…