कोरोनाको कहर : स्वास्थ्य मन्त्रालयमा राजनीति, विशेषज्ञ डाक्टरलाई मन्त्रालय कामविहीन बनाइयो

काठमाडौं । कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित दुई सय ५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ । दुर्भाग्य, हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ भने सरकारले कुनै चासो देखाएको छैन । समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी…