पेरिस । कोरोना भाइरसबाट संक्रमित भएको आशंकामा तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिर्निँयो अस्पतालमा भर्ना गरेको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो । फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा…