बाँस्कोटा अडियो प्रकरणमा कांग्रेस भन्यो : ‘प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेको मोलमोलाइको अडियो प्रकरणबारे स्पष्ट पार्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कमिसन मोलमोलाइ बाँस्कोटाको व्यक्तिगत प्रयास हो या सरकारको संस्थागत भन्ने प्रस्ट पार्न माग गरेका हुन् । ‘सञ्चारमन्त्रीले राजीनामा दिएर मात्रै पुग्दैन । दृश्यमा…