काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार अहिले पूर्वाधार विकासमा वित्त व्यवस्थापनको चापमा रहेको बताएका छन् । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१ बारे सोमवार राष्ट्रिय सभामा सांसदहरुले उठाउनुभएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हून् । उनले ट्रेजरीमाथि भर गरेर पूर्वाधार निर्माणका क्षेत्रमा आजका आवश्यकताहरु सम्बोधन गर्न कठिन हुने…