काठमाडौं। नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले तोकेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम भएको छ। पछिल्लो समय उतारचढाव भइरहेको डलरको मूल्यसँगै अन्य प्रमुख युरोपेली तथा खाडी मुलुकका मुद्राहरूको…