प्रधानमन्त्रीले भने – प्राधिकरणले गरिरहेको हवाई सेवाको नियमन र सञ्चालनको अलग अलग व्यवस्था गराउने तयारि हुँदैछ

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हवाई सेवालाई व्यवस्थित गरेर युरोपियन युनियनको कालोसूचिबाट हटाउन प्रयाश गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नियमन र सञ्चालनको दुवै काम गर्दा हवाई सेवाको सुरक्षा तथा गुणस्तर आवश्यक मापदण्ड अनुसारको हुन नसकेको स्वीकार्दै यसमा सकेसम्म चाँडो सुधार गरिने आश्वासन पनि दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले आज…