अर्थतन्त्रको दबाव हटाउन राष्ट्रिय गोलमेच गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमुक्त भइसके पनि दबावमुक्त हुन नसकेको बताएका छन् । बुधबार दिउँसो माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित उपत्यकाका केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाव हटाउनु सरकारको मुख्य प्राथमिकता भएको भन्दै यसका लागि राष्ट्रिय गोलमेचको तयारी गरेको बताए । उनले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला…