निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

२८ असोज, काठमाडौं । नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजेलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।