काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ । यो चालुृ आवको तुलनामा २१ दशमलव ०५ प्रतिशतले बढी हो । चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरिएको थियो । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आज प्रस्तुत गर्नुभएको आगामी…