प्रि-ओपन सेसन नेप्सेमा १.२८ अंकले वृद्धि

फाल्गुन १६ काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसुचकमा १.२८ अंकले वृद्धि भइ २०२४ विन्दुमा आएको छ । यससँगै १६ कम्पनीको ३३० कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ५२६ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ…