एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य नेप्सेमा समायोजन

एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन गरिएको छ । नेप्सेमा बोनस शेयरका लागि एसियन लाइफको सेयरमूल्य समायोजन प्रतिकित्ता ४७१.६२ रुपैयाँ कायम भएको छ । यसअघि अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ५४० रुपैयाँ कायम भएको थियो । अब आउँदो मंगलबार समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ…