चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट बुधबारदेखि सामानको आयात बढेको छ । गएको बिहीबार दुई देशका सीमा अधिकारीबीच सामानको आयात बढाउन भर्चुअलमार्फत छलफल भएको थियो । छलफलमा चिनीयाँ पक्षले चीनबाट नेपाल तर्फ हुने सामानको आयात बढाउने सहमति जनाएको थियो । नेपाल सामान बढाउने सहमति अनुसार बुधबार १४ चिनिया गाडीमा नेपाल सामान भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका…