शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको समस्याका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले आज गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरी तत्काल उपयुक्त निकास निकाल्न आग्रह गर्नुभयो । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ…