साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब…