अविरल वर्षाका कारण अवरुद्ध पृथ्वी राजमार्ग आजदेखि सञ्चालन भएको छ । बेनिघाटरोराङ गाउँपालिका–१० अन्र्तगत मौवाखोलामा मौवा खोलाको बाढीले राजमार्गमा रहेको पुल छेउको सडक भत्काएको थियो । भत्किएको सडक नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र सडक विभागका कर्मचारीको सहयोगमा निर्माण गरिएको हो । खोलाको छेउतर्फको भागमा ग्याभिन जाली लगाएपछि अवरुद्ध राजमार्गमा साना सवारी सञ्चालन गर्न…