विराटनगर । तीन महिने बन्दाबन्दीपछि सुनसरी–मोरङ औद्योगिक करिडोर पुनः चलायमान भएको छ । लामो अवधिसम्म बन्द रहेका उद्योगबाट पूर्ण क्षमतामा उत्पादन भइनसकेको भए पनि पछिल्ला दिनमा करिडोर क्षेत्र चलायमान भएको उद्योगी–व्यवसायीले बताएका हुन् । ‘पर्ख र हेर’को अवस्थामा उद्योग चलाएका छौँ, प्रिमियर स्टिल उद्योगका सञ्चालक एवं मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवन सारडाले पुनः बन्दाबन्दीको अवस्था…