सहारा घरलाई एनआईसी एशिया बैंकको सामग्री सहयोग

काठमाडौं । एन आईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बर्दगोरिया गाउँपालिका, वडा नम्बर २, कैलालीस्थित असहायका लागि सहयोगी हातहरु नेपाल (सहारा घर) लाई आवश्यक सामग्री सहयोग गरेको छ। बैंकले आश्रित व्यक्तिहरुको बसाई अझ सहज र स्वस्थ होस् भन्ने हेतुले डाइनिङ टेबल, बेन्चहरुका साथै स्वच्छ खानेपानीको सुविधाका लागि वाटर डिस्पेन्सर प्रदान गरेको हो ।…