काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ुडोरीुको अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले देशभरका हलमा बुधवारबाट बुकिङ खुला गरेको थियो भने अन्य केही हलहरूले पनि बुकिङ खुलाएका छन् । वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुला हुनेछ र शो सङ्ख्या यकिन हुनेछ ।…