गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उहाँले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताउनुभयो । राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकारसमेत रहनुभएका गृहमन्त्री खाँडले भन्नुभयो, “नेपालको…