काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर निशुल्क सेवाको उद्घाटन गरिएको छ । बुधबार विश्व बाल दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदीप पौडेलले निशुल्क बाल क्यान्सर उपचार सेवाकोे सुभारम्भ गरेका हुन् । उद्घाटनपछि मन्त्री पौडेलले, १४ वर्ष मुनिका क्यान्सर विरामीहरुको उपचारमात्र निशुल्क नभई औषधी समेत निशुल्क दिने व्यवस्था मिलाइएको जानकारी दिए ।…