काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सामाजिक सुरक्षा प्रदान गर्ने सन्दर्भमा राज्यले प्रभावकारी नीति अपनाउन जरुरी भएको बताएका छन् । मंगलबार काठमाडौंमा ७ औं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षाको क्षेत्रमा राज्यले प्रभावकारी नीति अपनाउनु पर्ने भन्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सामाजिक सुरक्षा प्रदान गर्ने…