काठमाडौ , २६ साउन । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको सबै स्वास्थ्य संस्थामा अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगर प्रमुख कुन्साङ लामाले स्वास्थ्य सेवा विभागमार्फत प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्य शाखा प्रमुख भगिरथ अधिकारीलाई हस्तान्तरण गरे । लामाले स्वासप्रश्वासका बिरामी बढ्दै गएको, डेङ्गु तथा कोरोनालगायतको जोखिम उत्तिकै रहेकाले प्राप्त सामग्री निकै उपयोगी हुने बताए। उनले…