रामेछाप । रामेछाप जिल्लाका हाड भाँचिएका बिरामीले अब उपचारको लागि जिल्ला बाहिर जानु नपर्ने भएको छ । जिल्ला अस्पताल रामेछापमा नै हाड–जोर्नी भाँचिएका बिरामीको शल्यक्रिया हुने भएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा.सागर जर्घामगर मेडिकल सुपरिटेण्डेन्ट भएर आएपछि हाड भाँचिएको शल्यक्रिया सुरु गरिएको हो । डा.मगरको नेतृत्वमा, अर्थोपेडिक सर्जन डा.नवीनकुमार यादव एनेस्थेसिया राजेश यादव, स्क्रब…