भक्तपुर, १९ जेठ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औँ पटक कलेजोको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठको नेतृत्व र भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालबाट आएको टोलीको सहयोगमा कलेजो प्रत्यारोपण गरिएको हो । कलेजो प्रत्यारोपित तथा अङ्गदाताको स्वास्थ्य अवस्था सामान्य रहेको डा श्रेष्ठले…