काठमाडौ , २९ साउन । किर्गिजस्तानमा सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । सोमबार किर्गिज गृह मन्त्रालयको मुख्य सडक सुरक्षा निर्देशनालयले जनाएअनुसार इस्सिक क्षेत्रको टोङ जिल्लाको बिश्केक–बालिक्ची राजमार्गमा अगष्ट १३ को राति सो दुर्घटना भएको हो ।दुई गाडी एकापसमा ठोक्किदा दुई बालबालिका डेढ वर्षको र पाँच महिनाको बच्चा सहित आठ जनाको मृत्यु भएको छ।…