काठमाडौ , ९ साउन । इजरायली सेनाले मङ्गलबार पश्चिम किनारको नाब्लस शहरमा तीन प्यालेस्टाइनीको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आरोप लगाएको छ ।नाब्लसमा इजरायली सेनाको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ जनाउँदै मन्त्रालयले मारिएकाको पहिचान भइनसकेको बताएको छ । सशस्त्र आतङ्ककारीले नाब्लसमा एउटा गाडीबाट आफ्ना सैनिकमाथि गोली प्रहार गरेपछि त्यसको प्रतिकारमा गोली चलाइएको…