एजेन्सी (इजरायलका नेता बेन्जामिन नेतान्याहुले देशको इतिहासमा नै अति दक्षिणपन्थी गठबन्धनको प्रमुखको रूपमा सत्तामा फर्केर नयाँ इजरायली सरकार गठन गरेको घोषणा गरेका छन् । नोभेम्बर १ को चुनावमा विजयी भएपछि नेतान्याहुले अति–अर्थोडक्स यहूदी पार्टीहरू र चरम–दक्षिण गुटको समर्थनमा सरकार गठन गर्ने जनादेश प्राप्त गरेका थिए । इजरायलमा चार वर्षमा हालै पाँचौ पटक निर्वाचन भएको थियो…