काठमाडौं, १९ मंसिर । पोल्यान्डविरुद्ध प्राप्त ३–१ को जितमा दुई गोल गरेसँगै युवा स्ट्राइकर केलियन एम्बाप्पे उच्च गोलकर्ताको शीर्षस्थानमा उक्लिएका छन् । कतार विश्वकपमा चौथो खेल खेल्दै गर्दा पाँच गोल गरेसँगै एम्बाप्पे ‘गोल्डेन बुट’ विजेताको दाबेदारमा रहेका हुन् । जारी विश्वकपमा उनि सर्वाधिक गोलकर्ता शीर्षस्थानमा छन् । एम्बाप्पेले पोल्यान्ड र डेनमार्कविरुद्ध दुई दुई गोल गरेका…