अजरबैजानको हमलामा १०५ आर्मेनियाली सैनिक मारिए

सोमबारदेखि अजरबैजानसँगको सीमामा भएको झडपमा १०० भन्दा बढी आर्मेनियाली सैनिकको मृत्यु भएको आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बताएका छन् । अजरबैजानले यस लडाइँमा आफ्ना ५० सैनिक पनि मारिएको बताएको छ । आक्रमणको दोष दुबै पक्षले एक अर्कोलाई दिएका छन् । विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच लामो समयदेखि चलिरहेको द्वन्द्वको शृंखलामा यो पछिल्लो ठूलो…