श्रीलङ्काका किसानहरूले रोपाईंको समयमा खेती गरिने औसत भूमिभन्दा बढी क्षेत्रफलमा धान रोपाईं गरेको एक मन्त्रीले सोमबार सञ्चारकर्मीलाई बताएका छन् । सरकारले आर्थिक सङ्कट बढिरहेका समय खाद्यान्न सङ्कटलाई न्यून बनाउन किसानहरूलाई बढीभन्दा बढी खेती गर्न आग्रह गरेको कृषि मन्त्री महिन्दा अमरावीराले बताए । खाद्यान्नको अभावसँगै भएको मूल्य वृद्धिपछि किसानहरूले सकेसम्म बढी खेती गरिरहेको पाइएको बताए ।…