चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना नियोजित भएको अमेरिकाको निष्कर्ष

मार्चमा दुर्घटनाग्रस्त चाइना इस्टर्न एयरलाइन्सको विमानलाई जानाजानी ‘नोज डाइभ’मा राखिएको फ्लाइट डेटाले संकेत गरेको अमेरिकी सञ्चार माध्यमहरूले दाबी गरेका छन् ।अनुसन्धानकर्ताहरूले अहिलेसम्म जेटमा कुनै मेकानिकल वा प्राविधिक त्रुटि फेला नपारेको अमेरिकी अधिकारीहरूले गरेको प्रारम्भिक मूल्यांकनलाई उद्धृत गर्दै रिपोर्टमा जनाइएको छ । चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्सी प्रान्तको पहाडमा दुर्घटनामा परेर आगो लागेको थियो…