एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए । रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर…