रुसले शनिबार छिमेकी फिनल्यान्डमा प्राकृतिक ग्यास आपूर्तिमा रोक लगाएको छ । त्यसको बदलामा फिनल्यान्डले नेटो सदस्यताको लागि आवेदन दिएर मस्कोलाई आक्रोशित बनाएको छ । आपूर्तिकर्ता गाजप्रोमलाई रुबलमा तिर्न अस्वीकार गरेपछि मस्कोले फिनल्यान्डमाथि ग्यास रोकेको हो । २४ फेब्रुवरीमा युक्रेनमाथि रुसी हमलापछि मस्कोले रुबलमा ग्यासको भुक्तानी गर्न युरोपेली युनियन (ईयू)लगायतका देशका ग्राहकलाई अनुरोध गरेको छ ।…