अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो । मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’ भएको बताएका थिए । उनले नक्कली खाताहरू बन्द गर्नेदेखि धेरै परिवर्तनहरूको लागि पनि आह्वान गरेका छन् ।…