काबुल विमानस्थलमा छुटेका बालक पाँच महिनापछि कसरी परे फेला

काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए । देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो…