अफगानिस्तानको उद्धारकार्य समय सीमाभित्रै सक्नुपर्ने बाइडेनको भनाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब दुई हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धारकार्यलाई समय सीमाभित्रै सक्नुपर्ने बताउनुभएको छ ।सोही बमोजिम अमेरिकाले काम गरिरहेको पनि उहाँले जानकारी दिनुभएको छ । उहाँले मङ्गलबारको एक सम्बोधनमा सो कुरा बताउनुभएको हो । अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको…