पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसदको निर्वाचनमा विद्युतीय मेसिनको प्रयोग सम्बन्धी एउटा कानुनमा हस्ताक्षर गर्नु भएको छ । साथै विदेशमा रहेका पाकिस्तानी नागरिले पनि देशको संसदीय चुनावमा मतदान गर्न पाउने विधेयकलाई मञ्जुरी दिनु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा पाकिस्तानी निर्वाचन आयोगलाई आमनिर्वाचनको प्रयोजनका निम्ति विद्युतीय मतदान मेसिन खरिद गर्न सक्ने अख्तियारी…