कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको समाचार छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले प्रतिबन्धात्मक कदम चालेको हो । भारतका राज्यहरूमा यो वर्ष शृङ्गलावद्ध चुनाव हुँदैछ । निर्वाचन आयोगले चुनावी अभियानका…